लोचनको भव्य रुपमा सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द (साहित्यिक नाम लोचन) को लोकन्थलीस्थित निवासमा १०१ साहित्यिक सङ्घसंस्थाहरूले उहाँलाई भव्य रूपमा अभिनन्दन गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका चन्दलाई उहाँले नेपाली साहित्यका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान कार्यक्रम राखिएको ती संस्थाहरुले जनाएका छन् ।
८६ वर्षीय चन्दको योगदानबारे साहित्यिक पत्रकार सङ्घका राधेश्याम लेकालीले चर्चा गर्नुभएको थियो । यसैगरी नेपाल स्रष्टा समाजका श्रीओम श्रेष्ठ ‘रोदन’ र तारा किशन फाउन्डेसनका किशनसिंह धामीलाई सो अवसरमा सहभागीहरुले धन्यवाद पनि दिएका थिए । चन्दका बाह्रौं खेलाडी (२०३५) र कुर्सी (२०६८) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका रुपमा चर्चित कृति हुन् । यसैगरी नेताका साथी (२०४१) प्रहसनकृति हो । हिउँको तन्ना (२०४२), विसर्जन (२०५४), रात्रिभोज (२०६०), पाहुनाघर (२०६८) र लेमिङहरू (२०७३) कथासङ्ग्रह तथा इन्द्रधनुष (२०५०), अपरिचित (२०५१), सन्ध्यावली (२०५७) र तिम्रो झलक (२०५९) गरी १२ कृति प्रकाशित छन् ।
सो अवसरमा सम्मानित चन्दले अहिले आफू आत्मकथा लेख्दै गरेको जानकारी गराउनु भएको थियो । उहाँले विसर्जन कथासङ्ग्रहमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *