शिक्षकहरु नागेशको साथमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर l नेपाल शिक्षक संघले विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार नागेश कोइरालालाई जिताउने प्रतिबद्धता जनाएको छ । विराटनगरमा भएको छलफलमा संघमा आवद्ध शिक्षकहरुले कोइरालालाई राखी आफ्ना समस्याहरुका बारेमा जानकारी गराएका थिए । उनीहरुको समस्यालाई लिएर उम्मेदवार कोइरालाले आफूले समस्या समाधानका लागि विभिन्न योजनासहित कार्य गर्ने भनेकाले उनीहरुले पनि कोइरालालाई साथ दिने भनी प्रतिबद्धता जनाए ।

संघका ऋषिकेश कोइरालाले नागेशलाई जिताउन तन, मन, वचन र कर्मले सहयोग गर्ने बताए । उनले विराटनगरमा शिक्षण शिकाई क्रियाकलाप गर्दै आएका चार सय शिक्षकले सहयोग गर्ने वचन दिएका हुन् । कार्यक्रममा संघका नेता शिवराज कोइराला, चक्रप्रसाद पोखरेल लगायतको सहभागिता थियो ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नागेशले आफूले चुनाव जिते शिक्षकहरुको समस्या सम्बोधन गर्ने भनी उनीहरुसमक्ष वाचा गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *