साहित्य अवार्ड–२०८३ का लागि आवेदन खुला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनको प्रवद्र्धन गर्दै उत्कृष्ट स्रष्टाको सम्मान गर्ने उद्देश्यले आयोजना गरिने राष्ट्रिय नेपाली साहित्य अवार्ड–२०८३ का लागि आवेदन खुला गरिएको छ ।
आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रा.लि.ले गुरु पूर्णिमाको अवसर पारेर अवार्डका लागि आवेदन आह्वान गरेको हो । संस्थाले जारी गरेको विज्ञप्तिअनुसार नेपाल तथा विदेशमा रहेका नेपाली भाषाका साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक, अनुसन्धानकर्ता तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वले आवेदन दिन सक्ने बताइएको छ ।
आयोजक समितिका अध्यक्ष मनोज थापाका अनुसार नेपाली साहित्यको सिर्जनात्मक उन्नयन, स्रष्टाको सम्मान तथा साहित्यिक गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको हो । यस वर्ष अवार्ड अन्तर्गत सर्वोत्कृष्ट कविता, महाकाव्य, खण्डकाव्य, गीत, गजल, मुक्तक, हाइकु, उपन्यास, कथा, लघुकथा, नाटक, निबन्ध, नियात्रा, संस्मरण, आत्मकथा/जीवनी, बालसाहित्य, अनुवाद, अनुसन्धान, मातृभाषा साहित्य तथा डायस्पोरा साहित्य गरी २० विधामा सम्मान प्रदान गरिने जनाइएको छ ।
अध्यक्ष थापाले नेपाली साहित्यका विविध विधामा सिर्जना गरिरहेका स्रष्टालाई एउटै मञ्चमार्फत सम्मानित गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको बताउँदै देश–विदेशका योग्य स्रष्टालाई आवेदन दिन आग्रह गरेका छन् । उनका अनुसार यस कार्यक्रमले नेपाली साहित्यलाई विश्व समुदायमाझ थप परिचित गराउन तथा नयाँ पुस्तालाई साहित्य सिर्जनामा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *