काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारले पछिल्लो समय प्रशासनिक र प्राविधिक नेतृत्वमा वरिष्ठताको परम्परालाई भत्काएर कनिष्ठ भए पनि क्षमतावान् र दीर्घकालीन भविष्य भएकाहरुलाई महत्व दिने गरेको चर्चा चलेको छ । यसैसन्दर्भमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पछिल्लो समय मन्त्रलाय र सो अन्तर्गतका विभागहरुमा वरिष्ठताको पगरी गुथेर कामै गर्न नसक्ने अक्षमहरुलाई पाखा लगाई कनिष्ठ भए पनि क्षमतावान् र ५–१० वर्ष भविष्य भएकालाई प्राथमिकता दिन थालेका छन् ।
पूर्वाधारमन्त्री लम्सालले यसैक्रममा सडक विभागको योजना महाशाखा र संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंमा प्रखर एव क्षमतावान् सुपरिटेन्डेन्ट इन्जिनियर -सु.ई.) द्वयलाई सरुवा गरेका छन् । मन्त्रीको उक्त निर्णयले मन्त्रालयका कामै गर्न नसक्ने भोजनभट्टहरुले परम्परा तोडेको भन्दै सरकारको समेत टीकाटिप्पणी गर्ने गरेको बताइएको छ । सरकारले प्रधान न्यायाधीश र मुख्य सचिवमा वरिष्ठता र वरिष्ठता भत्काएपछि काम गर्न नसक्नेहरुले आलोचना गरेर दिन कटाउने माध्यम बनेको छ । अहिले सडक विभागको योजना महाशाखामा सरुवा भएका सु.ई. शुभराज न्यौपाने करिब ४ वर्ष अगाडि बढुवा भई केही समय हुलाकी सडक निर्देशनालय, संघीय सडक पोखरा राष्ट्रिय सर्तकता केन्द्र, संघीय सडक काठमाडौंमा काम गरी प्रशस्त अनुभव प्राप्त सुई हुन भने संघीय सडक बबरमहलमा हालै सरुवा भएका सु.ई. सौजन्य नेपाल सडक विभागको इन्जिनियरबाट सिधै सु.ई.मा नाम निकालेर क्षमता प्रदर्शन गरेका व्यक्ति हुन् । उनलाई पछिल्लो समय विरालोले मुसा खेलाए झैं कहिले मध्यपहाडी र कहिले सुरुङमार्गमा नचाउने गरिएको समाचार श्रोतले जानकारी दिएको छ ।
भविष्यमा विभागको जिम्मेवारी लिँदै मन्त्रालयको समते जिम्मेवारी लिन सक्ने केही मात्र सु.ई.हरुमध्ये उनी पर्ने बताइएको छ । संघीय सडक बबरमहलमा सु.ई. नेपालभन्दा वरिष्ठहरु कुवेर नेपाली, द्वीप बराही र नरेन्द्र सुवेदीलाई मौका नदिई दुई वर्ष अगाडि मात्र सु.ई. बनेका नेपाललाई मौका दिइएको भनेर मन्त्री लम्सालप्रति खासखुस चलेको बताइएको छ ।
अहिले सडक विभागको नेतृत्वमा रहेका महानिर्देशक योजनाका संभार महाशाखा, एडीबी सडक निर्देशनालयबाट र संघीय सडक बबरमहलको टिमप्रति मन्त्री विश्वस्त रहेको जानकारहरुले बताएका छन् ।
संघीय सडकमा वरिष्ठभन्दा क्षमतावान् सु.ई.
Facebook Comments Box
