भक्तपुर एमालेमा आरोप प्रत्यारोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर । नेकपा (एमाले) को भक्तपुरका नेताहरु आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा हात लागेको असफलताको समीक्षा नहुँदै आरोप प्रत्यारोप शुरु भएको हो ।

भक्तपुरमा संघीय सांसदका रुपमा प्रतिनिधित्व गर्ने महेश बस्नेतले मध्यपुर थिमी नगरपालिकामा पराजित भएका मदनसुन्दर श्रेष्ठमाथि पराजयको कारकतत्वको रुपमा आरोप लगाएका छन् । बस्नेतले उनको हारलाई एमालेप्रतिको वितृष्णा नभई श्रेष्ठप्रतिको वितृष्णाको रुपमा चित्रित गर्ने कार्य गरेका छन् ।

मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुमा उनले श्रेष्ठ स्वयम् कारक रहेको भनी टिप्पणी गरेपछि भक्तपुरमा आरोप प्रत्यारोप शुरु भएको हो । एक अन्तर्वार्तामा बस्नेतले एमालेप्रतिको वितृष्णाले नभई मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरेका थिए । उनले भने, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो ।’ उनले आफूले उम्मेदवारी दिने समयमैै मदनसुन्दरलाई नदोहो¥याऔं बरु प्रदेश सभामा पछि उठ्नुस् भनेको भन्दै त्यसलाई मदनदसुन्दरले जिद्दी गरी नमानेको जिकिर गरे ।

उता, मदनसुन्दरले पनि सामाजिक सञ्जालमार्फत बस्नेतलाई जबाफ फर्काएका छन् । उनले ‘जित्दा महेश बस्नेतको कारणले भन्ने हार्दा मेरो कारणले भन्ने ?’ भनी बस्नेतलाई औंला ठड्याएका छन् । त्यसो बस्नेत निर्वाचित भएको क्षेत्र अन्तर्गत नै मध्यपुर थिमी नगरपालिका पर्दछ । बस्नेतको यो शैलीलाई आगामी संघीय निर्वाचनमा बस्नेतले उम्मेदवारी दिएका खण्डमा मदनसुन्दरले त्यसको बदला लिने चर्चा चल्न थालेको छ ।

निवर्तमान प्रमुख मदनसुन्दर यस पटकको निर्वाचनमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट पराजित भए । जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *