काठमाडौँको प्रमुखमा कम मत ल्याउनेहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l स्थानीय तहको निर्वाचन गत बैशाख ३० गते सम्पन्न भएको छ । काठमाडौँ र अरु एकाध ठाउँबाहेक सबैको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनको परिणामअनुसार काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, नेकपा (माओवादी केन्द्र) तेस्रो, जनता समाजवादी चौथो, नेकपा (एकीकृत समाजवादी) पाँचौँ र लोकतान्त्रिक समाजवादी छैठौँ ठूला दल बनेका छन् ।

सबैभन्दा चासोको रुपमा हेरिएको काठमाडौँ महानगरपालिकाको मत परिणाममा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि छन् । त्यसपछि काँग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित दोस्रो र तेस्रोमा छन् । काठमाडौँ महानगरको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी प्रमुखमा उम्मेदवारी दिएका छन् । प्रमुखमा रु. एक हजार पाँच सय धरौटी राखेपछि निर्वाचन उम्मेदवार बन्न पाइने भएकाले धेरै व्यक्तिहरु स्वतन्त्रमा चुनाव लडेका छन् । जसका कारण निर्वाचन परिणाम ढिलाई बन्न पुगेको छ ।

स्थापित दलहरुबाहेक झिनामसिना चर्चामै नआए र नामै नसुनेका दलले पनि काठमाडौँ महानगरपालिकाको प्रमुखमा मात्र उम्मेदवारी दिएर एक सय ५० मत ल्याउन सकेका छैनन् भने अरु स्वतन्त्र र दल गरी २७ जनाले शून्य मत ल्याएका छन् । निर्वाचन आयोगबाट प्राप्त परिणामअनुसार उन्नत लोकतान्त्रिक पार्टीका प्रेमसागर कर्माचार्य एक सय ४८, स्वतन्त्र सुशील थापा एक सय १७, नेपाल मजदुर किसान पार्टी ५२, नेपाली जनता दल ४०, बाबुराजा संगत स्वतन्त्र ४०, नेपा राष्ट्रिय पार्टी २८, मधुसूदन खड्का स्वतन्त्र २६, मङ्गोल नेशनल अर्गनाइजेसन २१, सुरेन्द्र बज्राचार्य स्वतन्त्र १९, आमूल परिवर्तन मसिहा पार्टी १७, नेपाली काँग्रेस (बी.पी.) १६, सचेत नेपाली पार्टी १५, विजय मानन्धर स्वतन्त्र १४, सूर्य थापा स्वतन्त्र ११, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १० मत प्राप्त गरेको अवस्थामा छन् । यसैगरी चर्चामा रहेको र प्रचारप्रसार गरेको मौलिक जरोकिलो पार्टी (मनोजराज आचार्य) नौ, नेपा समावेशी पार्टी नौ र नीमकान्त पाण्डे (सम्पादक जनधारणा) ले आठ, नेकपा समाजवादी आठ र आधुनिक नेपाल समाजवादी पार्टीले आठ मत ल्याएर चित्त बुझाएका छन् ।

आफ्नो हैसियत नै यस्ता दलहरुका कारण निर्वाचन झन्झटिलो भएको जानकारहरुले बताएका छन् । अबको निर्वाचनमा धरौटी रकम बढाउनुपर्ने र थ्रेसहोल्ड तीन प्रतिशत बनाउनुपर्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *