वलीलाई बैंस चढेको कि सत्ताको उन्माद ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बैँसले कुत्कुत्याउँदा विवादमा तानिएकी छिन् । गत जेठ ३१ गते मंगलबार बिहान तुलसीपुर नगरपालिका ५ स्थित ‘प्रेमी’ (पूर्ववाइसिएल) एकराज बस्नेतको घरमा पुगी वितण्डा मच्चाएपछि श्रीमती मीना भण्डारीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् ।
राज्यमन्त्री वलीले बस्नेतकी छोरीलाई हातपात गर्दै भण्डारीको लुगा फाली तहल्का मच्चाएपछि प्रतिपक्ष दल नेकपा (एमाले) ले राजीनामाको माग गर्दै प्रदेश संसद् चल्न नदिने बताएको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय घोराहीमा थुनामा रहे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दबाबपछि छुटेकी बताइएको छ । राज्यमन्त्री वलीलाई छाड्न मुख्यमन्त्री कुलप्रसाद के.सी. (सोनाम) ले प्रशासनलाई दबाब दिइरहेका कारण उनलाई अस्पतालमा लगी उपचारको बहाना बनाइएको पनि समाचार स्रोतले दाबी गरेको छ ।
राज्यमन्त्रीजस्तो व्यक्तिले पदीय आचरणको ख्याल नगरी बैँसको तरङ्गमा पौडिन खोज्दा मन्त्री र सांसद्को गरिमा घटेको बताइएको छ । उनको हर्कतबारे संसद्मा पनि कुरा उठेको छ । नेपालको इतिहासमा हालसम्म चारजना वलीहरु चर्चित बनेका छन् । जसमध्ये पञ्चायती व्यवस्थामा सिडिओ एवं अञ्चलाधीश बनेका सूर्यप्रताप सेन वली, कोमल वली, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र विमला वली । सत्ताको उन्मादले खड्गप्रसाद शर्मा ओलीमा घमण्ड र दम्भ चढेपछि दुई पटक प्रतिनिधिसभा नै विघटन गरी झण्डै दुई तिहाई बहुमतको सरकार ढालेका थिए । राष्ट्रिय सभाको सदस्य हुँदा कोमल वलीले प्रतिपक्षलाई तथानाम गालीगलौज गर्दै खड्गप्रसादको भजनकीर्तन गरेर चर्चामा आइन् । उता, राज्यमन्त्री (लुम्बिनी प्रदेश) विमला वलीले बैँसलाई नियन्त्रणमा राख्न नसक्दा विवादको घेरामा तानिइन् । सत्ताले मान्छेलाई उन्माद चढ्दछ भन्ने कुराको उदाहरण यी ओली (वली) हरुले छर्लङ्ग पारेको जानकारहीले बताएका छन् ।
राज्यमन्त्रीजस्तो पदमा आसिन विमला वली खत्री परपुरुषको घरभित्र छिरेर ‘मेरो पोई खोई ?’ भन्दै हर्कत मच्चाउनुलाई जनताले राजनीतिक दलप्रति वितृष्णा देखाउँदै नाक खुम्च्याएको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *