झाँक्रीको विदाईमा असुलीधन्दा चलाउने सिंह गयल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको नाममा असुलीधन्दा चलाएका भन्ने आरोप लागेका सचिव रमेशप्रसाद सिंह विदाई कार्यक्रममा उपस्थित भएनन् । सचिव सिंह अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन विदेश भ्रमणमा गएकाले निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्री झाँक्रीको विदाई गरेका थिए ।
शहरी विकास सचिव सिंहले आर्थिक चलखेल गर्ने भएकाले मन्त्री झाँक्रीले आफैँले सरुवा गरेकी सिंहलाई प्रधानमन्त्री कार्यालयबाट सचिव मणिराम गेलाललाई हटाएर ल्याएकी थिइन् । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक हुँदा आर्थिक चलखेलमा कीर्तिमान कायम गरेका सिंहलाई मन्त्रीको पार्टीलाई (नेकपा एस) रकम आवश्यक पर्ने भन्दै वरिष्ठ इञ्जिनियर तथा मन्त्रालय मातहतमा कर्मचारीसँग रकम बार्गेनिङ गर्न थालेपछि पीडित कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको समाचार स्रोतले बताएको छ ।
आगामी मंसिरमा सेवानिवृत्त हुने सचिव सिंह आर्थिक वर्षको अन्त्य हुन लाग्दा विकासे अड्डाहरु शहरी विकास तथा भवन निर्माण विभाग र एकीकृत बागमती सभ्यतालगायतका कार्यालयहरुमा असारे विकासको रकममा बार्गेनिङ गर्ने गरेको जानकारहरुले बताएका छन् । विवादास्पद छविका सिंह गत २०७८ मंसिर १३ मा सरुवा भए पनि मन्त्री झाँक्रीलाई प्रभावमा पारेर चार महिनापछि शहरी विकास मन्त्रालयमै फर्किएका थिए ।
‘रेड जोन’ मा रहेका सिंहको बारेमा छानविन भइरहेको समाचार स्रोतले बताएको छ । पछिल्लो पटक सिंहकै योजनाअनुसार विभागको महानिर्देशक परिवर्तन भएको स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *