इस्तियाकका कारण रेणुलाई झड्का

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले दलमा विभाजन रोक्न सरकारमा तीनजना नयाँ अनुहार पठाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव र कृषि तथा पशुपन्छीमा मृगेन्द्रप्रसाद सिंह यादव रहेका छन् । राई र सिंहलाई मन्त्री बनाएर जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन हुनबाट रोकेका छन् ।
मन्त्री नबनाइएको भए सिंह र राईले बाबुराम भट्टराईको पक्षमा लागेर ४० प्रतिशत पु¥याउने सम्भावना थियो । अब संवैधानिक हिसाबले भट्टराई जसपाबाट झोलीतुम्बा कसेर अर्कै बाटो लाग्ने अवस्थामा पुगेका छन् ।
यता, जसपाको कार्यकारिणी समितिमा अध्यक्ष यादवपछि वरिष्ठ रहेकी रणुकुमारी यादवले चारैजनालाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णयविपरीत संघीय तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई नहटाई आपूmलाई महिलाप्रति भेदभाव गर्दै हटाइएकोमा रुष्ट बन्दै पार्टीबाट अलग बस्ने बताएकी छिन् ।
अध्यक्ष यादवले खड्गप्रसाद शर्मा ओली सरकारको पालामा शहरी विकास मन्त्र बनेर ओलीसँग मिली आफ्नै अध्यक्ष यादवलाई ‘बाईपास’ गरेको व्यक्तिलाई सबैभन्दा बढी बजेट भएको विकासे मन्त्रालयको जिम्मेवारी दिएका छन् । अरु मन्त्रीहरु हटे पनि आपूm नहट्ने भन्नेमा ढुक्क रहेकी रेणु यादव मन्त्रीबाट हटेपछि छाँगोबाट खसेजस्तै बनेकी छिन् । भौतिकमा यादवलाई कर्मचारीहरुको सरुवा विवादमा तत्कालीन सचिव रविन्द्रनाथ श्रेष्ठ र सल्लाहकार राजकिशोर गुप्ताले पारेको जानकारहरुले बताएका छन् ।
देश र जनताको भन्दा आफ्नो विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर आएका राईले पनि कर्मचारीहरुलाई नै कागती झैँ निचोर्ने पक्का छ । पूर्वमन्त्री यादवको निगाहमा का.मु. खाएका र डिभिजन सडकमा दुई वर्ष पुगेकाहरुलाई आगामी श्रावणबाट मोलमोलाई हुने भुक्तभोगीहरुले बताएका छन् । सडकका रुग्ण बाटा र पुलहरुलाई सम्पन्न गर्नभन्दा योजना तथा डिभिजन प्रमुखहरुले नयाँ ठेक्का लगाउने प्रवृत्तिको अन्त्य गरी सरुवामा पारदर्शिता कायम गरे मन्त्री राईको छवि स्वच्छ बन्नेछ नत्र ठेकेदारहरुको चास्नीमा डुबे ‘उही ड्याङको मूला’ भन्दा फरक नपर्ला भनी मन्त्रालय परिसरमा पुग्नेहरुले चर्चा गर्ने गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *