कांग्रेसमा नयाँ समिति

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले तीनवटा समिति गठन गरेको छ । यसरी गठन भएका समितिहरुमध्ये महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको हो । यस्तै केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको छ । केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको कांग्रेसको केन्द्रीय समितिले जनाएको छ ।
प्रमुख तोकिए पनि अन्य सदस्यहरू भने अहिलेलाई खाली राखिएको बताइएको छ । कांग्रेसलाई अझ प्रभावकारी ढंगबाट चलाउनका लागि ती समितिहरु आवश्यक भएको भन्दै कांग्रेसले थप गरेको हो । कांग्रेस सरकार नेतृत्वकारी दल भए पनि केही समिति वा विभागहरु नबन्दा अपूरो जस्तो अवस्थामा भएको ठानी हालको निर्णय भएको पनि जनाइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *