रविन्द्र मिश्रको काठमाडौंमा लड्ने तयारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आगामी संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ बाट उम्मेदवारी दिने तयारी थालेका छन् । उनले संघीयताको खारेजी र संवैधानिक राजसंस्थाको पक्षमा खुलेर उक्त निर्वाचनमा होमिने देखिएको छ । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तकमा उल्लेख गरेका कुराहरुलाई आधार मान्दा उनले तिनै मुद्दालाई आधार बनाएर निर्वाचनमा लड्ने चर्चा चलेको छ ।
उनले आफ्नो पुस्तकमार्फत नेपालमा संघीयता खारेज गरी संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने धारणा फेरि पनि प्रष्ट रुपमा सार्वजनिक गरेका हुन् । सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको धारणा पुस्तकमार्फत सार्वजनिक भएको छ । मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक हुने निष्कर्ष निकालेका बताइएको छ ।
उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गरिनु उचित हुने धारणा पनि सार्वजनिक गरेका छन् । उनले यसकालागि सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने भनी स्पष्ट रुपमा लेखेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *