लिङ्देन पुरानै क्षेत्रबाट उम्मेदवार

Nayabimarsha (Weekly Newspaper from Nepal)

झापा/ प्रतिनिधि सभाको चुनावमा झापाको क्षेत्र नं. ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरेका छन् । सो क्षेत्रबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) बाट दुर्गाप्रसाद प्रसाई उम्मेदवार बन्ने चर्चा चलिरहेको अवस्थामा उनले आफूले क्षेत्र परिवर्तन नगर्ने जानकारी गराएका हुन् ।
झापाको बिर्तामोडमा पत्रकारहरूसँगको अन्तक्र्रियामा लिङ्देनले अन्य दलबाट जो सुकै प्रतिस्पर्धी भए पनि आपूm सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने जानकारी गराएका हुन् । यसअघिको प्रतिनिधिसभाको चुनावमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । त्यो बेला एमालेसँग तालमेल गरेर उनी चुनावमा जित निकाल्न सफल भएका थिए । लिङ्देनसँगको तालमेलका कारण एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पनि आफ्नो जितलाई सहज बनाएका थिए ।
उनले चुनावी सरकार गठन हुनुपर्ने माग पनि गरेका छन् । उनले सत्ताको दुरुपयोग नहोस् भनेर राप्रपाले चुनावी सरकारको माग गरेको भनी प्रट्याउने कार्य गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *