डिजी पे र स्टारको सहकार्य

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ डिजिटल पेमेन्ट गेट वे को सेवा प्रदायक संस्थाको रुपमा रहेको डिजी पे प्रा.लि.र यहाँस्थित स्टार हस्पिटलका बीचमा सहकार्य गर्ने समझदारी भएको छ ।
डिजी पेले आफ्नो बजार विस्तार गर्ने योजना अन्तर्गत यहाँस्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरको हो । यस सहकार्य अन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक एवम् घरदैलो योजना अन्तर्गत डिजी पेमा आवद्ध हुने सबैलाई स्टार हस्पिटलले रु.एक हजार छ सय पचास बराबरको दुइटा ओ.पी.डी. टिकट निःशुल्क पाउने सहमति भएको छ । यसैगरी अस्पतालको शैया प्रयोग गर्ने विरामीका लागि शैया र स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको बताइएको छ । उक्त सम्झौतापत्रमा डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डे र स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले हस्ताक्षर गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *