मिस नेशन नेपाल २०२२ को फिनाले

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेशन नेपाल २०२२ प्रतियोगिताको फिनाले आज शुक्रबार हुने भएको छ । प्रतियोगितामा सहभागीहरुलाई श्रृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी मिस नेशन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले आज थापाथलीस्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुती दिने आयोजक ललिता सापकोटाले जानकारी दिएकी छिन् ।
विजेताले मिस नेशन नेपाल २०२२ को ताजका साथै नगद एक लाख रुपियाँ, विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्यूजिक भिडियो, पत्रपत्रिका÷म्यागजिनमा फिचर, विज्ञापन आदिमा अवसर प्राप्त गर्ने उनले ‘नयाँ विमर्श’ लाई जानकारी गराइन् । प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिने बताइएको छ ।
प्रतियोगितको निर्णायक मण्डलको रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेशनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेशनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *