बरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आइतबार पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा गौतमको आइतबार निधन भएको परिवारजनबाट जानकारी प्राप्त भएको छ ।
नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि आईसियुमा उपचार गरिंदै भेन्टिलेटरमा राख्नुपरेको गौतमका पुत्र किरण गौतमले जानकारी दिए । सम्पादक समाज नेपालका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघका का.वा. पूर्वसभापतिको जिम्मेदारी बहन गरिसकेका ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
स्व. गौतमको पत्रकारितामा पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिताको अनुभव थियो । उनले सधैं प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए । पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिंदा गौतमबाट सम्पादन÷ प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको बताइन्छ ।
निडर पत्रकारिताको उदाहरणका रुपमा पनि गौतमलाई चित्रित गर्ने गरिन्छ । २०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषणको अंश छापेको भनी उनलाई छ महिना हनुमानढोकामा थुनिएको थियो । उनलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *