सीतारामको म्युजिक भिडियो आयो

Nayabimarsha (Weekly Newspaper from Nepal)

विगत तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा म्युजिक भिडियोमा छाउँदै आएका गायक सीताराम पोखरेलको नयाँ म्युजिक भिडियो आएको छ । बडा दशैंको पहिलो दिनको शुभसाइतमा नयाँ गीतको भिडियो रिलिज भएको हो । ‘पहाडको थुम्को’ बोलको अत्यन्त गीतको भिडियो गायक पोखरेलले घटस्थापनाको दिन सार्वजनिक गरेका हुन् ।
हिमालपारिको जिल्ला मुस्ताङको अत्यन्त रमणीय दृश्यहरुमा छायाँकन गरिएको यो म्युजिक भिडियो गायक पोखरेलको २७ औं म्युजिक भिडियोको रुपमा आएको हो । रुपक बनवासीको शव्द रचना तथा राज सागरको संगीत रहेको सो म्युजिक भिडियोमा मोडलिङको रुपमा गायक सीताराम पोखरेल स्वयम् देखा परेका छन् ।
चर्चित निर्देशक समन अधिकारीको निर्देशन रहेको पहाडको थुम्कोमा गायक पोखरेललाई अभिनयमा चर्चित नायिका तथा मोडल अनु शाहले साथ दिएकी छिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *