चाँदीसहित पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

जनकपुरधाम/ नेपालबाट भारततर्फ लग्दै गरेको चाँदीसहित दुईजना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा झापाको शिवसतासी नगरपालिका वडा नं. २ बस्ने २५ वर्षीय करण लोहार र कमल गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय मणिप्रसाद विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुबैजनाले बोकेको झोलाबाट १४ लाख ११ हजार रुपियाँ बराबरको चाँदी बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । विभिन्न तयारीका चाँदीका औंठी, काडा, ब्रासलेट, बाला गरी १३ के.जी. नौ सय ५५ ग्राम चाँदी बरामद गरेको छ । चाँदीसहित दुबैजनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *