पर्यटन दिवसमा भक्तपुरमा पर्यटक

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार क्षेत्र प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई स्वागत गरेका हुन् । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्पगुच्छा दिँदै स्वागत एवं सम्मान उनले गरेका हुन् ।
भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक जर्मनीका एन्ड्री, अष्ट्रियाका रेवेका, बुल्गेरियाका मिमी र जर्जलाई लाखे प्याखं (नाच) का साथ भक्तपुरमा स्वागत गरिएको बताइएको छ । भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको थियो ।
नगरका प्रमुख प्रजापतिले उनीहरुलाई भक्तपुरको प्रकाशन, काठको मयुरको झ्याल प्रदान गरेका थिए । नगरपालिकाले पर्यटकको लागि आवश्यक स्थानीय पथप्रदर्शकको तालिम, चिनियाँ, जापानीलगायत विदेशी भाषाको प्रशिक्षण दिने कार्य पनि गर्दै आएको छ । विभिन्न ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको जानकारी पनि नगर प्रमुख प्रजापतिले दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *