भक्तपुर क्षेत्रमा झिलीमिली

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ काठमाडौको कोटेश्वरबाट भक्तपुरतर्फ रातिको समयमा यात्रा गर्दा गाडीहरुले आफ्नो बत्ती नै नबाले हुने जस्तोगरी झिलीमिली बत्ती बलेको देख्दा यात्रु मख्ख देखिने गरेका छन् । यस्तो हुनुमा नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गर्नु कारक रहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप÷आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि त्यस्तो उज्यालो अवस्था आएको हो । आइल्यान्डमा राखिएका पोलहरूमा प्राधिकरणले एक सय २० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएको बताइएको छ । कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको हो । कम विद्युत खपत गर्ने, उज्यालो बढी दिने करिब चार सय ५० वटा बत्ती जडान गरिएको हो ।
यसरी जडान गरिएका क्षेत्रमा प्रयोग हुने बत्तीको महसुल भने काठमाडौं महानगरपालिका, मध्यपुरथिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको बताइएको छ । उक्त बत्तीलाई प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिने बताइएको छ । कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले–नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *