आइएमई पेबाट लोड कोलेटरल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ आइएमई पे र सोर्स कोड प्रा.लि.बीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पेबाट टि एमएसमालोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रो को विभिन्न सब्स्क्रिप्सनप्याकेजमा ३५ प्रतिशत छुट पाउने बताएका छन् ।
डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेजमार्फत पाउने बताइएको छ । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याैट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवाप्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइनतथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवाप्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवाप्रदान गर्न सफल छ ।
स्मार्ट वेल्थ प्रो शेयर बजार विश्लेषण गर्ने र आफ्नो शेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो । स्मार्ट वेल्थ प्रो सबै लगनिकर्ताहरुको लागि एकदम नै उपयोगी हुन्छ । लगानीकर्ताहरुले शेयर बजारका सबै जानकारी यहाँ पाउन सक्ने बताइएको छ । लगानीकर्ताहरुले यस सफ्टवेयरमार्फत नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषण गरेर लगानी गर्नको लागि सबैभन्दा उपयुक्त योजना रोज्न सक्ने बताइएको छ । स्मार्ट वेल्थ प्रोले हरेक साता एउटा न्युजलेटर निकाल्ने गर्छ जस्मा साता भरीको नेप्सेको विश्लेषण गरिएको हुन्छ । कुनै पनि कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण पनि गरिएको हुन्छ । स्मार्ट वेल्थ प्रोले बेलाबेला शेयर तालिम पनि दिने गर्दछ । नयाँ लगानीकर्ताहरुलाई शेयर बजारमा कसरी लगानी गर्ने, कुन शेयर किन्ने, कसरी आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने भनेर सिकाउने बताइन्छ । यस्तो तालिममा स्मार्ट वेल्थ प्रोका ग्राहकहरुलाई विशेष छुट पनि रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *