निरुताले गरिन् विवाह

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपाली चलचित्र क्षेत्रकी कुनै समयकी लोकप्रिय अभिनेत्री निरूता सिंहले अघिल्लो बिहीबार विवाह गरेकी छन् । उनले मुम्बईका सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् ।
आफ्नो विवाहलाई पुष्टी गर्दै निरुताले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यत्तिका वर्षदेखिको एकमात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो – निरुताजी बिहें कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज त्यसै प्रश्नको जवाब दिन गइरहेको छु ।’
उनले चाँडै सबैलाई भेट्न तथा आशिर्वाद लिन नेपाल आउनेसमेत उल्लेख गरेकी छिन् । नेपालमा ५० भन्दा बढी चलचित्रमा अभिनय गरेकी सिंहको विवाहले नेपाली चलचित्र क्षेत्रमा चर्चा पाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *