उपभोक्ताको रोजाइमा रोजाइ ट्रेडर्स

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली बजारमा नेपालीलाई वास्तविक मूल्यमा रोजाइ अनुसारका मूल्यमा विभिन्न पोशाक (लुगा) हरु उपलब्ध गराउने कार्यमा लागेका छन्– अरविन्द कुमार महतो । तराईको महोत्तरी जिल्लामा जन्म भएका अरविन्द पछिल्लो समय काठमाडौंलाई आफ्नो कर्मथलो बनाई सस्तोमा राम्रो पोशाक उपभोक्तालाई दिन उनी दैनिक रुपमा खटिइ रहेका छन् ।
काठमाडौंमा विभिन्न किसिमका पोशाकहरुको खरिदमा उपभोक्ता वर्ग ठगिइरहेको जानकारी पाएपछि अरविन्दको मनमा सही मूल्यमा के कसरी पोशाक दिन सकिएला भन्ने कुरा मनमा लागिरह्यो । उनले कतिपय अवस्थामा उपभोक्तालाई भन्दै पनि हिंडे तर सबैलाई भन्न सम्भव नहुने भएकाले उनले आफैंले यो व्यवसाय गर्ने सोंच बनाए । आफैंले गुणस्तरीय उत्पादन गरी बजारमा लुगाहरु पु¥याउन सकिएको खण्डमा उपभोक्ताले सही मूल्यमा गुणस्तरीय लुगा पाउन् भनी उनले बजारको अवस्थाको अनुसन्धान गर्न पुगे ।
उनको अनुसन्धानले सही मूल्यमा लुगा दिंदा प्रचलित दरको आधासम्ममा पनि दिन सकिने भन्ने बुझेपछि उनी आफैं व्यवसायमा आएको बताउँछन् । उनी भन्छन्, ‘जब बजारको अनुसन्धान गरँे, आफैंले खोलेर भए पनि सस्तोमा गुणस्तरीय लुगा उपभोक्तालाई दिनुपर्ने मेरो धर्म हो भन्ने मलाई लाग्यो । सोही कारण मैले रोजाइ टे«डर्स प्रा.लि. नामक कम्पनी खोली विभिन्न खाले लुगाहरु उपभोक्तामाझ सस्तोमा पु¥याएको छु ।’
आफूले अनलाइनमार्फत बढी मात्रामा सामान विक्री गर्ने गरेको उनी बताउँछन् । स्वास्थ्यसेवा अन्तर्गतका विभिन्न ठाउँहरुमा काम गर्ने गरेका अरविन्द पछिल्लो समय लुगाको विक्री वितरणका लागि मात्र केन्द्रित भएका छन् । स्वास्थ्यसेवा अन्तर्गतका कामहरु सबै छोडी उनी अहिले लुगा तथा अन्य सामानहरुको व्यापारमा लागेको बताउँछन् । मोबाइल फोनका सामानहरुमा समेत उपभोक्तालाई सस्तोमा गुणस्तरीय सामान विक्री गर्न पाइयोस् भन्ने ध्येयले उनले ग्याजेट्सको विक्रीका लागि पनि अर्को कम्पनी खोल्ने तयारी गरेका छन् ।
आपूm गुणस्तरीय सामान के कसरी सस्तोमा दिन सकिन्छ भनी लागि रहेको बताउने अरविन्द भन्छन्, ‘अबका दिनमा नेपाली जडीबुटीबाट उत्पादित सामान तथा कस्मेटिक सामानहरु उपभोक्तालाई सहजै पु¥याउनका लागि पनि कार्य गर्दैछु । यस्ता सामानहरु बजारमा महंगोमा विक्री गर्नेहरुले कतिपय अवस्थामा गुणस्तरीय नदिएको बुझेर गुणस्तरीय सामान सस्तोमा दिने गरी सेवा दिन थालेको छु ।’ पानस हर्बल उद्योगबाट उत्पादित गुणस्तरीय सामानहरु विक्री वितरणको लागि अनुमति लिने तयारी भैरहेको जानकारी गराउँदै अरविन्द भन्छन्, ‘हामीले विक्री गर्ने सामानहरु धधध।चयशबष्।अयm।लउ मार्फत मगाउन सकिने छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *