दयानिधि सापकोटाको उम्मेदवारी ‘एजेण्डा’ सहित

Nayabimarsha (Weekly Newspaper from Nepal)

लण्डन/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा दयानिधि सापकोटाले आफ्ना ‘एजेण्डा’ सहित आप्mनो उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हकहित, अधिकार र प्रवद्र्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकताको कुरालाई आफ्नो ‘एजेण्डा’ को रुपमा उठाएका छन् ।
अहिले एनआरएनए अग्रज र डेलिगेट्ससँंग निकट रहेर काम गरिरहेका सापकोटा चुनावी अभियानकै क्रममा हिजो बिहीबार बहराइन पुगेका छन् । त्यहाँंबाट युरोप भ्रमण गरी अक्टोबर पहिलो साता नेपाल पुग्ने योजनामा सापकोटा रहेका बताइएको छ ।
आइसीसी सदस्य हुंँदै युरोप उपसंयोजकको जिम्मेवारीबाट खारिइसकेका स्पष्ट वक्ता सापकोटाले विश्वभरका मतदाताहरुमा यसपटक पनि साथ सहयोग गर्न अपिल गरेका छन् । बेलायतमा उनी सफल व्यवसायी मात्र होइन, सामाजिक सेवाको क्षेत्रमा पनि अब्बल मानिन्छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *