नापी विभागमा ठूलो संख्यामा सरुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / भूमि व्यवस्थापन, गरिबी निवारण तथा सहकारी मन्त्रालय मातहतको नापी विभागले गत असोज १५ गते ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागका महानिर्देशक प्रकाश जोशीले मापदण्डका आधारमा करिब नौ सय कर्मचारीहरुलाई सरुवा पदस्थापन र दरबन्दी मिलान गरेका छन् ।
विभागको नेतृत्व गर्न सक्ने अब्बल क्षमता र समन्वय गर्न सक्ने विशेष खुबी भएका जोशीलाई मन्त्रालयले दोश्रो पटक विभागको जिम्मेवारी सुम्पिएको छ । जोशी गत २०८० भदौ १७ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार दोश्रो पटक विभागको महानिर्देशक बनेका थिए ।
आठ महिनापछि पुनः विभागको नेतृत्व सम्हालेका जोशीले निजामती सेवा नियमावली २०५० मा उल्लेखित प्रावधानहरुका अतिरिक्त नियम ३६ को उपनियम १५ र १६ बमोजिम मापदण्डका आधारमा कर्मचारीहरुको सरुवा गरेका हुन् । कार्यचाप र सेवाप्रवाहलाई आधार मानेर सरुवा गरिएको समाचार श्रोतले बताएको छ । यसमा महिला, अशक्त र फरक क्षमता भएकाहरुलाई प्राथमिकता दिने नीति अनुरुप सरुवालाई आधार मानिएको बताइएको छ ।
सरुवामा उपत्यकाका एउटा कार्यालयबाट उपत्यकाकै अर्काे कार्यालयमा सरुवा हुने विगतको बेथितीलाई अन्त्य गर्दै मापदण्ड अनुसार आधारहरु तयार गरी जनशक्ति व्यवस्थापन गरिएको स्रोतले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा दुई वर्ष वा सोभन्दा बढी बसेका कर्मचारीहरुलाई अन्यत्र सरुवा गरिएको र महिलाको हकमा तीन वर्षमा सरुवा गर्ने मापदण्ड बनाइएको छ । यस अगाडि काठमाडौं उपत्यकाका सेवा प्रवाह गर्ने कार्यालयहरुबाट अन्यत्र सरुवा भएका कर्मचारीहरुलाई पुनः सोही कार्यालयमा सरुवा नगर्ने नीति बनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *