आचार्य योजना आयोगमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर/ नेपाली कांग्रेस निकटका बुद्धिजीवी पुरञ्जन आचार्य कोशी प्रदेश योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले बुधबार आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । उनलाई मुख्यमन्त्री केदार कार्कीले शपथग्रहण गराए ।
आचार्य कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन् । उनलाई कांग्रेसको राजनीतिक विश्लेषकका रुपमा चिन्ने गरिन्छ । आयोगमा यसअघि नेकपा (एमाले) का सुबोधराज प्याकुरेल, नेकपा (माओवादी केन्द्र) का डा.पूर्णकुमार लोक्साम उपाध्यक्ष रहिसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *