दुूत बस सेवा डेढ महिना पनि चलेन

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ बडो तामझामका साथ संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन गरिएको दू्रत बस सेवा डेढ महिना नपुग्दै बन्द भएको छ ।
४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्नका लागि रातो रङ्ग पोतेर छुट्टै लेन बनाइएको छ । करिब तीन करोड रुपियाँ व्यहोरेर शुरु गरिएको द्रूत बस सेवा कर्मचारीहरुका लागि भनेर विहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म सञ्चालन गरिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र बाग्मती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्सालले दु्रू बस सेवाको उद्घाटन गरेका थिए । कुनै अध्ययन विना हचुवाको भरमा शुरु गरिएको दुूत बस ट्राफिक प्रहरी र अन्य निकायले सहयोग नगर्दा झन ट्राफिक जाम भै समस्या उत्पन्न भएपछि बन्द भएको समाचार श्रोतले जानकारी दिएको छ ।
गत घटस्थापनादेखि बस सञ्चालनमा नआएको र सडकमा पोतेको रङ्ग पनि खुइलिएको श्रोतले बताएको छ । हावाको तालमा सेलीब्रेटी बन्न ल्याइएको दुूत बस सेवा र काठमाडौं उपत्यकामा भाइटीकासम्म खाल्डाखुल्डी पुरिने मन्त्री ज्वालाको भनाइ हात्तीको देखाउने दाँत जस्तै बनेको छ ।
यतिबेला जाजरकोट भूकम्पका कारण बाटोघाटो र पुलहरु भत्किएपछि मन्त्री ज्वाला थप दबाबमा परेका छन् । अर्थले बजेट नदिँदा ठेकेदारहरुको भुक्तानी गर्न नसकेर रन्थनिएको जानकारहरुले बताएका छन् । उता, फिल्डमा खटिनुपर्ने सब इन्जिनियरहरुको समयमै सरुवा नहुँदा थप समस्या पैदा भएको छ । असोज १५ पछि सरुवा गर्न नपाइने भएकाले सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिएर सरुवा गर्ने तयारी भै रहँदा मन्त्रालय विभिन्न राजनैतिक दल, ट्रेड युनियन लगायतले हस्तक्षेप गरेपछि सडक विभागका महानिर्देशक तनावमा परेको जानकारी प्राप्त भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *