अमरेशको आरोप पुष्टि होला त ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीतिगत कुराहरुप्रति असहमति जनाउँदै राजीनामा दिएका छन् । गत मंसिर २२ गते राजीनामा दिएका गजुरेलको राजीनामा अझसम्म पनि स्वीकृत भएको छैन । यही अवस्थामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाललाई गम्भीर आरोप लगाएका छन् ।
नेपाली काँग्रेस छाडेर स्वतन्त्र सांसदमा विजयी सिंह कुनै बेला स्व. गिरिजाप्रसाद कोइरालाको कोठामा विना रोकटोक प्रवेश गर्दथे । उनलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ को आरोप समेत लाग्ने गरेको थियो । सिंह मारवाडी व्यापारीहरु निकट रहेको समाचार श्रोतले बताएको छ । नेपालमा मारवाडी व्यापारीहरुको वर्चश्व रहेको कुरा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि आरोप लगाएका छन् ।
प्रधानमन्त्री पुत्री गंगा दाहाललाई व्यापारीहरुसँग पैसा लिएको सूची आफूसँग रहेको सिंहको दाबी छ । स्वतन्त्र सांसद सिंहले दाहालले कुन–कुन व्यापारीसँग कुन कुन मामिलामा कति रकम बुझेकी छन्, त्यो सबै प्रमाण आफूसँग रहेको बताएपछि अहिले बालुवाटार तरंगित बनेको छ । स्वतन्त्र सांसद सिंहले सर्वोच्च अदालत, संसदको लेखा समिति र सोशल मिडियामार्फत गंगा दाहाललाई आरोप लगाएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशीखा’ले आरो पुष्टि गर्न चुनौती दिएका छन् । उनले आरोप पुष्टि नगरे नाङ्गेझार बनाउने बताएका छन् ।
सिंहको आरोप पुष्टि सही भए गंगा, आरजु र मञ्जु खाँणमा फरक के भन्ने चर्चा चलेको छ । एनसेल बिक्री प्रकरणमा पनि प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवामाथि पनि आरोप लगाइएको छ । अहिले बालुवाटार गंगा दाहालको निर्देशनबाट चल्ने गरेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *