जयशंकर आज पशुपतिनाथमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले हिजो विहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरे ।
परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भई जयशंकरले हिजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । यसैगरी हिजै बेलुका परराष्ट्रमन्त्री नारायणप्रसाद (एन.पी.) साउदले आयोजना गरेको रात्रिभोजमा उनी सहभागी भए ।
आज शुक्रबार बिहान ८ बजे उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आजै उनी दिउँसो १२ बजेपछि नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ ।
आयोगको सातौं बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु आएका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *