नीर शाह सिफारिसमा परे

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / कलाकार, निर्माता तथा निर्देशक नीर शाहलाई राष्ट्रियसभा सदस्य पदको लागि उम्मेदवारका रुपमा नेपाली कांग्रेसले सिफारिस गरेको छ । कांग्रेसको बागमती प्रदेश समितिले प्रदेशसभामा उम्मेदवार बन्नका लागि ९० जना आकांक्षीले नाम टिपाएकामा बागमती प्रदेश समितिले शाहको नामसमेत समावेश गरी ९१ जनाको नाम पठाएको जनाएको छ ।
कांग्रेसको केन्द्रीय समितिले प्रदेशलाई बुधबारसम्ममा नामावली सिफारिस गर्न निर्देशन दिए बमोजिम प्रदेशले कलाकार शाहको नाम समेत समावेश गरेर सिफारिस गरेको हो । राष्ट्रियसभा अध्यक्षसहित रिक्त हुन लागेका २० स्थानका लागि राष्ट्रियसभाको निर्वाचन यही माघ ११ गते गरिने भएको छ ।
नेपाली कलाकारितामा छुट्टै पहिचान बनाएका शाहको सम्मानका लागि कांग्रेसले राष्ट्रियसभाको सदस्यको जिम्मेदारी दिनुपर्ने आवाज उठिरहेको छ । शाह गत निर्वाचनको मुखमा धेरै कलाकारहरुसहित कांग्रेसमा प्रवेश गरेका थिए । शाहको प्रवेशले कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *