मन्दीमा समेत नाफामा सहकारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ सामुदायिक अवधारणाका साथ भक्तपुरमा स्थापित तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ ।
सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचतकर्ताहरूले आफ्नो मासिक २५ रुपिंयाँ बचतबाट यो सहकारीको थालना गरेका थिए । यो संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा हालै सम्पन्न गर्दा संस्था आर्थिक मन्दीको समयमा पनि नाफामै देखिएको हो ।
सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नु पर्छ भन्ने मान्यताकासाथ यो संस्थाको स्थापना गरेका थिए । एक अर्कालाई सहयोग गर्नु पर्छ भन्दै मासिक २५ रुपियाँका दरले २०६३ सालदेखि जम्मा गर्न थालिएको बचत हालको मन्दी अवस्थामा पनि नाफामै देखिएको साधारणसभामा जानकारी दिइयो । बचत बढ्दै गयो र अन्य सदस्यहरूले पनि यसमा चासो देखाएपछि वनको नै नाममा तौडालछाप सहकारीका रूपमा२० ६६ सालमा यस संस्थाले मूर्त रूप लिएको बताइन्छ ।
संस्थामा हाल नौ सय ८९ सदस्य रहेका छन् । सहकारीको अघिल्लो वर्ष कुल पुँजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार छ सय ६७ रुपियाँ रहेकोमा यो वर्ष बढेर १२ करोड आठ लाख पाँच हजार छ सय ६२ पुगेको छ । नेपालमा नै वनको आधारमा सामुदायिक वनकर्मीहरूले स्थापना गरेको पहिलो सहकारीको रूपमा रहेको तौडोलछापले आगामी वर्ष आफ्नो पुँजी १५ करोडभन्दा बढी पु¥याउने लक्ष्य रहेको जनाएको छ ।
सहकारीको साधारणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य किरण थापा मगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको बताए । जसरी समुदायका आधारमा चलेको तौडोल छाप यस्तो विषम परिस्थितिमा पनि नाफामा नै गएको छ र सहकारी हालसम्म समस्याग्रस्त हुनु परेको छैन अन्य सहकारीले पनि समुदायमा नै आधारित भएर काम गरेमा कुनै पनि सहकारी समस्याग्रस्त नहुने धारणा उनले राखे ।
साधारणसभामा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कान्छाभक्त धोजु, सामुदायिक वन उपभोक्ता समितिका केन्द्रीय सदस्य रोमश्वर बोहरा, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाका सभापति हरिशरण बस्नेत, गणेश मा.वि.का प्रबन्धक रविन्द्रकुमार थापा, टोल सुधार समिति खानेपानी समितिहरू तथा सहकर्मी सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।
सहकारीको प्रगति प्रतिवेदन तथा भावी रणनीतिका विषयमा सचिव राकेश थापाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विम्रता लोहनी बस्नेतले, लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शिवजी त्वानाबासुले प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व अध्यक्ष दीपेन्द्रकुमार थापाले गरेका थिए ।
साधारणसभाको अवसरमा जेष्ठ नागरिक बचतकर्ता, उत्कृष्ठ बचतकर्ता तथा ऋणी, उत्कृष्ठ बाल बचतकर्ता, नारी बचतकर्तालाइर्ए सम्मान समेत गरिएको थियो । यस्तै कार्यक्रममा रगत अभावलाई मध्यनजर गर्दै सहकारीले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *