को बन्ला त उद्योग विभागको डीजी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उद्योग विभागका वर्तमान महानिर्देशक बाबुराम गौतमलाई सरुवा गरेर महानिर्देशक (डी.जी.) बन्न दौडधुप शुरु भएको समाचार प्राप्त भएको छ । गत २०८० बैशाखमा डी.जी. रामचन्द्र तिवारीलाई मन्त्रालयमा सरुवा गरी उद्योग विभागको नेतृत्व गौतमले सम्हालेका हुन् ।
सरल र भद्र स्वभावका गौतमलाई काँग्रेस नेतृ पुष्पा भुसाल र काँग्रेस केन्द्रीय सदस्य अनिल रुङ्गटाले उद्योग विभागको महानिर्देशक बनाएको चर्चा त्यतिबेला चलेको थियो । गौतमलाई आठ–नौ महिनामै हटाएर महानिर्देशक बन्नका लागि केही समय अगाडि गृह मन्त्रालयबाट उद्योग मन्त्रालय छिरेका छवि रिजाल र उद्योग मन्त्रालयकै सहसचिव चन्द्रकला पौडेलबीच रस्साकस्सी चलेको समाचार श्रोतले बताएको छ । पर्वत जिल्लाका रिजाललाई लोकतान्त्रिक विचारका र पौडेललाई वामपन्थी निकट भनिन्छ ।
विभिन्न जिल्लामा प्र.जि.अ. बनेर गृहबाट उद्योग छिरेका रिजाल र आन्तरिक राजश्व विभाग, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै उद्योग पुगेकी पौडेलबीच विभागको महानिर्देशक बन्न होडबाजी चलेको छ । एमाले नेतृत्वका सरकारमा उद्योगमन्त्री बनेका दामोदर भण्डारीले पौडेललाई डी.जी. बनाउन चाहे पनि मन्त्री हटेका कारण पूरा हुन सकेको थिएन ।
उद्योगमन्त्री पनि काँग्रेसकै भएको र थर पनि रिजाल भएकाले छविको डी.जी. बन्ने आशा पलाएको जानकारहरुले बताएका छन् । उद्योग सचिवले पनि रिजाललाई आश्वासन दिएको समाचार श्रोतले बताएको छ । हालका महानिर्देशक गौतमलाई पनि मन्त्री रिजालले लगेका हुन् । मन्त्री रिजालका आचार्य थरका स्वकीय सचिव मन्त्रालय र विभागमा हाबी भएका कारण मन्त्री निरिह बनेको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *