विश्वविद्यालयको थुप्रो, कुनमा कति विद्यार्थी

Nayabimarsha (Weekly Newspaper from Nepal)

कीर्तिपुर (काठमाडौं)/ नेपाल अधिराज्यभर हाल १८ वटा विश्वविद्यालयहरु सञ्चालनमा छन् । यी विश्वविद्यालयमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुल विद्यार्थीको संख्या ८८ जना मात्र रहेको विश्वविद्यालय अनुदान आयोगले जानकारी दिएको छ । विद्यार्थीहरुको विदेशिने प्रवृत्तिले विश्वविद्यालयमा खडेरी परेको बताइन्छ ।
११–१२ उत्तीर्ण गरेपछि नेपालमा रोजगारीको सुनिश्चितता नहुँदा विद्यार्थीहरु धमाधम अष्टे«लिया, क्यानडा, अमेरिका, जापान एवं बेलायत लगायतका देशहरुमा पलायन भैरहेका छन् । ती विद्यार्थीहरुलाई रोक्ने र स्वदेशमै रोजगारीको सुनिश्चितता गर्ने नीति सरकारसँग छैन । हाल नेपालमा रहेका विश्वविद्यालयहरुमध्ये त्रिभुवन विश्वविद्यालयको विद्यार्थीको संख्या सबैभन्दा अग्रस्थानमा रहेको कीर्तिपुरस्थित विश्व विश्वविद्यालयले जानकारी गराएको छ ।
त्रिभुवन विश्वविद्यालयमा कुल चार लाख ५४ हजार ६५ जना विद्यार्थी रहेका बताइएको छ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयमा ३२ हजार दुई सय ९८, एग्रीकल्चर एण्ड फरेस्टी विश्वविद्यालयमा चार हजार ६६, नेपाल खुल्ला विश्वविद्यालयमा एक हजार पाँच सय ३३ विद्यार्थी रहेका बताइएको छ । यसैगरी मनमोहन प्राविधिक विश्वविद्यालयमा एक सय नौ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय ४६, नेपाल संस्कृत विश्वविद्यालयमा दुई हजार तीन सय छ, पोखरा विश्वविद्यालय ३४ हजार एक सय ५१ विद्यार्थी रहेका तथ्यांक सार्वजनिक गरिएको छ ।
आ.ब.२०७९÷८० को अवधिमा मध्यपश्चिम विश्वविद्यालयमा १० हजार पाँच सय २४, राजर्षि जनक विश्वविद्यालय पाँच सय १९, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजार चार सय २०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक सय ८१, काठमाडौं विश्वविद्यालय १७ हजार नौ सय ४५, लुम्बिनी बुद्धिष्ट विश्व विद्यालयमा एक हजार दुई सय चार, सुदूरपश्च्मि विश्वविद्यालयमा तीन सय १६, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आठ सय २७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८८ जना विद्यार्थी रहेका समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *