सञ्चारमन्त्री रेखा शर्माको ‘दादागिरी’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सञ्चारमन्त्री रेखा शर्माको निसानामा सञ्चारसचिव कृष्णबहादुर राउत परेका छन् । सचिव राउतले मन्त्री शर्माको आदेश नमानेपछि १० महिनामै वित्त आयोगमा सरुवा गरिएको छ भने वित्त आयोगका रामकृष्ण सुवेदीलाई सञ्चार सचिवमा ल्याइएको छ ।
नेपाल टेलिकमको नयाँ भवन निर्माणमा मन्त्री र सचिवको कुरा नमिलेपछि सचिवको सरुवा भएको समाचार श्रोतले जानकारी दिएको छ । चार अर्ब ६० करोड रुपियाँको ठेक्कामा मन्त्री शर्माले आर्थिक चलखेल गर्न खोजेपछि सचिव राउतसँग विवाद भएको बताइन्छ । मन्त्री शर्माले आइ.टि. विज्ञका रुपमा नियुक्त गरेका व्यवसायी उपेन्द्र महतोको मान्छेका रुपमा चिनिने भूपेन्द्र भण्डारीमार्फत चलखेल गर्दै आएकी आरोप लाग्ने गरेको छ । मन्त्रालयको सबै ठाउँमा भण्डारी नै हाबी बन्ने गरेको समाचार श्रोतले बताएको छ ।
सचिव राउतलाई गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो । यता, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि २४ पुसमा नै राजीनामा दिएको छन् । पदावधि सकिन सात महिना बाँकी हुँदै उनलाई अनावश्यक दबाब दिएर राजीनामा गर्न बाध्य पारिएको श्रोतले बताएको छ । सरकारलाई कमजोर बनाउन लागेकाहरु दूरसञ्चार क्षेत्रमा हाबी भएपछि खनाल राजीनामा गर्ने मनस्थितिमा पुगेका हुन् ।
खनालले एमडीएमएस र टेरामक्स प्रणाली लागू गर्न खोज्दा विभिन्न किसिमका प्रश्नहरु उठेपछि र कार्यान्वयनमा रोक लगाइएपछि राजीनामा दिएको जानकारहरुले बताएका छन् । खनाल २०७६ श्रावण पहिलो साता प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । खनाललाई वर्तमान सरकारलाई सहयोग नगरेको आरोप लागेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *