राष्ट्रिय सभामा एमालेको ९ सिट धरापमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आगामी माघ ११ गते राष्ट्रिय सभाको रिक्त हुने १९ सिटका लागि निर्वाचन हँुदैछ । २०८० फागुन २० गते राष्ट्रिय सभामा २० जनाको पदावधि समाप्त हुदैछ । ६ वर्षे कार्यकाल समाप्त हुन लागेका २० जना राष्ट्रियसभाका सांसदहरुमध्ये १९ सिटका लागि निर्वाचन र १ जनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
१९ सिटका लागि हुने निर्वाचनमा सत्तागठबन्धनमा रहेका चारवटा दलहरुले भागबण्डा गरेका छन् । यसअनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एसले २ वटा र सजपाले १ सिटको भागबण्डा गरेका छन् । सत्ता गठबन्धन भत्काउन अनेक प्रयास गरे पनि नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई कसैले पनि विश्वास गरेनन्, जसका कारण एमालेले ९ सिट गुमाएर र सिटमा खुम्चिन पर्ने अवस्था आउने भनी राजनीतिक वृत्तमा चर्चा छ । राष्ट्रियसभाबाट एमालेका राष्ट्रियसभाका अध्यक्ष सहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको १ र एक स्वतन्त्र सांसद विदा हुँदैछन् । सत्ता गठबन्धनको सातैवटै प्रदेशमा सुविधाजनक बहुमत रहेकाले एमाले पत्तासाफ हुने अवस्थामा पुगेको समाचार श्रोतले दाबी गरेको छ ।
खासगरी ओलीले आफ्नो राजनीतिक भविष्यसँगै नेकपा एमाले र तिनका नेता तथा कार्यकर्ताहरुको भविष्य डामाडोल पारेर पार्टी समाप्त (कोल्याप्स) पार्ने दिशामा अघि बढेको राजनीतिक वृत्तमा चर्चा चलेको छ । हाल एमालेमा ओलीपछिको विरासत धान्न विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र शंकर पोखरेलबीच तीब्र प्रतिस्पर्धा चलेको छ । एमालेमा भीमबहादुर रावल र घनश्याम भुसाललाई किनारा लगाइएपछि पार्टीको भविष्य अनिश्चित बन्न पुगेको एमालेका जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *