शहरी विकास मै फर्किए गेलाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ माघ २२ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालय सचिव धनिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ । चार महिना अगाडिमात्र शहरी विकासमा सरुवा भएका सचिव सर्जु बैद्यलाई प्रधानमन्त्री कार्याललय अर्थात् सचिव गेलालको ठाउँमा सरुवा गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) का मन्त्री रामकुमारी झाँक्रीको कोभाजनमा परी सचिव गेलाल शहरी विकास मन्त्रालयबाट तीन महिना १८ दिनमै सरुवा हुन पुगेका थिए । मन्त्रालयबाट खानेपानी मन्त्रालयको सचिव बनेका गेलाल त्यहाँबाट पनि सरुवा भै पुनः प्रधानमन्त्री कार्यालयमा कार्यरत रहँदा अवकाश हुने समय नजिकिँदै जाँदा मन्त्रालयमा फर्कन सफल भएका छन् ।
गत कार्तिक–मंसिरमै शहरी विकास मन्त्रालयको सचिव बन्ने चर्चा चले पनि त्यतिबेला अवकाशप्राप्त धुर्त सचिव रविन्द्रनाथ श्रेष्ठको चलखेलले सफल हुन सकेका थिएनन् । मौसमविज्ञ प्राविधिक सचिव वैद्यले विकास निर्माणलाई गती दिन नसकेपछि मन्त्री सीता गुरुङले गेलाललाई भित्र्याएको चर्चा सिंहदरबारमा चलेको छ । सचिव गेलाल सहसचिव हुँदा शहरी तथा भवन विभागको महानिर्देशक बनेर लामो समय अनुभव सँगालेका सचिव हुन् । शहरी विकास मन्त्रालयको राम्रो जानकार गेलाल २०७५ श्रावण १४ गतेदेखि २०७७ मंसिर २५ गतेसम्म विभागको नेतृत्व सम्हालेको श्रोतले बताएको छ । सचिव गेलालले मन्त्रालयलाई गती दिने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *