मन्त्री चौधरीको भ्रमण उपलब्धीमुलक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छिन् । मन्त्री चौधरीलाई मन्त्रालयका सचिव सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट लगायतले स्वागत गरेका थिए ।
तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक, न्यायिक समानता लगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको अवस्थामा यस पटक उनी सहभागी भएकी हुन् ।
मन्त्री चौधरीले सम्मेलनले पारित गरेका अजेण्डाहरुले महिला समानताका पक्षमा टेवा पुग्ने बताइन् । सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङ्गिक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको जिकीर गरिन् । चौधरीले एक हप्ताको भ्रमणमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी हुँदै प्रवासमा रहेका नेपाली नागरिकले भोग्नु परेका समस्या र चुनौतिका बारेमा सात्क्षात्कार हुने मौका पाएको बताउँदै समाधानका लागि पहल गर्ने पनि बताइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *