को को बने उम्मेदवार ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ ।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, नेकपा (एमाले) का सुहाङ नेम्वाङ, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु तथा पहिचान पक्षधरका साझा तर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु (थेगिम) को उम्मेदवारी कायम भएको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई, राप्रपाका लक्ष्मी गुरुङ, राप्रपा नेपालका गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङको नाम पनि उम्मेदवारको सूचीमा सार्वजनिक गरिएको छ । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बु, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाहले पनि आफ्नो उम्मेदवारीलाई कायमै राखेका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका डाकप्रसाद गौतम, दीपेश बोहोरा, डकेन्द्रसिं लिम्बु (थेगिम), अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालको नाम पनि अन्तिम नामावलीमा उल्लेख छ ।
उता, बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनका चार दलले उम्मेदवारी फिर्ता नलिएपछि नेपाली कांग्रेसका उम्मेदवार खुशी देखिएका छन् । कांग्रेसले अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । माओवादीबाट बुढा, एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए । उनीहरुलाई चुनाव चिन्ह पनि वितरण गरिसकिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *