भारतीय चुनावमा नेपाली नेताहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

नयाँ दिल्ली/ भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपालका नेताहरुलाई निमन्त्रणा गरेपछि नेताहरु यता आएका छन् ।
यसरी पर्यवेक्षणका लागि भनी नेपाली काँग्रेसका उदयशम्शेर राणा, नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादव, नेकपा (एमाले) का विष्णु रिमाल र राष्ट्रिय स्वतन्त्र पार्टीका जयकान्त राउत दिल्ली आएका हुन् ।
भाजपाले चुनावमा कसरी चुनावी प्रचार गर्छन्, चुनावी अजेन्डा के–के छन्, भाजपा नेतृत्वको सरकारले के के गरेको छ भन्ने विषयमा उनीहरूलाई जानकारी गराउने बताइएको छ । यसैगरी केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउने भनी भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको हो । अस्ट्रेलियाको लिबर पार्टी, भियतनामका कम्युनिस्ट पार्टी, बंगलादेशका बङ्गलादेश अवामी लिग, इजराइलका लिकुड पार्टीका प्रतिनिधिहरु पनि भारतमा आउने बताइएको छ । यसैगरी युगान्डाका नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टी, श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना, युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोशलिस्ट मुभमेन्ट, मेरिसस लेबर पार्टी, मौरेसियन मिलटेन्ट मुभमेन्ट, पार्टी मौरिसियन सोशल डेमोक्रेटका प्रतिनिधिहरू पनि दिल्ली आई चुनावको पर्यवेक्षण गर्ने बताइएको छ ।
यसरी दिल्ली आएका विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जे.पी. नन्दा, भारतीय विदेशमन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले भेट गरी जानकारी दिने तथा छलफल गर्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *