रास्वपाको मिसन ८४ मा डढेलो, जमानत जफत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / गत बैशाखमा १५ गते भएको इलाम क्षेत्र नं.२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ५० मत ल्याएपछि जमानत समेत जफत भएको छ ।
जमानत जफत हुनेमा रास्वपासहित १६ जना उम्मेदवार रहेका छन् । बडो तामझाम र स्टन्डबाजीसहित ठूला दल काँग्रेस–एमालेलाई गालीगलौज गरेर रास्वपा चुनावी मैदानमा होमिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुलाई जिताउन संघीय सरकारका चारजना मन्त्रीहरु उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ मन्त्रालयको काम नै छाडेर निर्वाचनमा होमिएका थिए । रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, सांसद डा. तोसिमा कार्की लगायतका नेताहरु बास बसेर चुनावको प्रचारप्रसार गर्दा पनि जनताले पत्याएनन् र चौथो बन्न पुगे ।
स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमभन्दा पनि तल परेपछि रास्वपाको भविष्य अँध्यारो सुरुङ्गतर्फ धकेलिएको र मिसन २०८४ मा डढेलो लागेको जानकारहरुले बताएका छन् । २०७९ साल असारमा नवशक्तिका रुपमा उदाएको रास्वपालाई काँग्रेस–एमाले र माओवादीसँग रुष्ठ मतदाताले मत दिएर संसदको चौथो ठूलो दल बनाएका थिए ।
२०८० बैशाख १० गते चितवन र तनहुँमा पाएको मतले रास्वपाका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा बहुमत ल्याउने डंका पिट्दै देशभरी हिँडे । इलाम–२ को उपनिर्वाचनले रास्वपाको दाँतमा ढुंगा लाग्न पुग्यो । कुनै नीति सिद्धान्त र विचार नभएको पार्टीका सभापति रवि लामिछाने मािथ विभिन्न सहकारी ठगीको आरोप र गृहमन्त्रालय नै चाहिने अड्डीले गर्दा मतदाताको मनोविज्ञानमा असर पारेकाले नरुचाएको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
दोश्रो पटक गृहमन्त्री बनेका लामिछानेले जनतामा आशा जगाउन सकेनन् र सरुवा बढुवा तथा सिंहदरबारको माकुरीजालमै घेरिन पुगे । काँग्रेस र एमालेलाई अक्षम देखाएर उदाएको रास्वपा सैद्धान्तिक धरातलमा टेकेर र सिद्धान्त विनाको राजनीतिलाई भन्दा स्टन्डबाजी गरेर उदाएकोले २०८४ मा रास्वपालाई हाल बनमा लागेको डढेलोजस्तै लाग्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *