बालेनको स्टाटसले ओली थर्कमान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह पछिल्लो समयमा झनै कडा रुपमा उत्रिएका छन् । उनले नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली जोडिएको गिरिबन्धु टी इस्टेडको कुरालाई लिएर ओलीको कडा शब्दमा आलोचना गरेका छन् ।
गिरिबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेपछि राजनीतिक वृत्तमा एमालेजनमा अत्तालिएको अवस्थामा पुगेका छन् । आफ्नो रानोले जे गरे पनि सही हो भन्ने अरिंगार स्वभावका एमालेजनहरु ओलीको आलोचनाप्रति निक्कै नै आक्राशित देखिएका छन् ।
बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर ओलीले थम्थमाएको आरोप बालेनले लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’
उक्त जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता नहोला भन्न नसकिने बालेनको आशय छ । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ भनी बालेनले आफ्नो फेशबुकमा लेखेका छन्, ‘गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’ यसरी बालेनले ओलीको आलोचना गरेपछि ओली अत्तालिएका छन् । त्यसो गिरिबन्धु टि इस्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा समेत ओलीको संलग्नताको कुरा आएको हो । यसरी आफ्नो पोल अदालतले खोलि दिएकोमा निक्कै नै आक्रोशित बनेका ओलीमाथि बालेनले पनि प्रहार गरेपछि ओलीको ओठ मुख सुकेको बताइन्छ ।
उता, ओलीको ‘चित्त बुझाएर’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका एमालेका रघुवीर महासेठको कार्यशैलीप्रति पनि बालेनले देखिने गरी आक्रोश पोखेका छन् । बालेनले ‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ,’ भन्ने लेख्दै ‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।’ बालेनले न्युरोडको साटो काठमाडौंको रिङरोड र बुटवल–चितवन खण्डको सडक बनाउन शक्ति लगाउन पनि ओलीलाई सुझाव दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *