कठपुतलीको आरोप लागेका सचिवद्वय

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडांै/ निजामती प्रशासनको विशिष्ट श्रेणीमा पुगेका सचिवद्वय मधुकुमार मरासिनी (अर्थ) र गोपाल सिग्देलले नैतिक बल र दायित्व एवं मूल्य मान्यता विर्सेर मन्त्रीको कठपुतली बनेको आरोप लागेको छ ।
सचिवद्वय मरासिनी र सिग्देलले मन्त्रीहरुको मनपरितन्त्रप्रति गलत कामका विरुद्ध उभिन सकेको भए आरोपहरुको भूमरीमा डुबुल्की मार्नुपर्ने थिएन । पदीय दायित्व विर्सेर मन्त्रीको गोटी बन्दा अर्थ र भौतिक पूर्वाधार सचिव बन्न महरिहत्ते गर्नुको कारण आर्थिक चलखेल नै रहेको जानकारहरुले बताएका छन् ।
सचिवद्वय मरासिनी र सिग्देल गत २०८० फागुन २१ गते सरकारको नेतृत्व परिवर्तन भएपछि मन्त्रीका गोजीका सचिव बनेर अर्थ र भौतिकमा भित्रिएका हुन् । अहिले अर्थमन्त्री बर्षमान पुनको र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको बजेट दुरुपयोगको विषयलाई लिएर संसदमा सबैभन्दा बढी आलोचना भएको छ । विरोधको बाबजुद पनि मन्त्रीद्वयले कर्मकाण्डी स्पष्टीकरण एवं ढाँटेर बजेट गत असार ११ गते पारित भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयमा सचिव सिग्देललाई मन्त्री महासेठले २०८० चैत १९ गते ल्याएका हुन् । बजेट निर्माणका बेला अर्थमन्त्रालयमै गएर जथाभावी बजेट हाल्ने काममा मन्त्री महासेठले सचिव सिग्देल र तात्कालिन सडक विभागका योजना महाशाखा प्रमुख र हालका महानिर्देशक रामहरि पोखे्रेल जिम्मेवारी दिएको समाचार श्रोतले बताएको छ ।
एक लाखे थुप्रै बजेट हालेर भौतिकको बजेटमा ताण्डव नृत्य देखाएका मन्त्री महासेठले सुई पोख्रेललाई सरकार स्वरुप सडक विभागको महानिर्देशक पद थमाएको चर्चा चलेको छ ।
यता, माओवादी नेता एवं सांसद जनार्दन शर्माको पालना बजेट निर्माणका बेला विवादमा मुछिएर अर्थमन्त्रालयबाट सरुवा मागेका सचिव मधुकुमार मरासिनी पुनः माओवादी केन्द्रकै अर्थमन्त्री बर्षमान पुनको गोजीको सचिव बनेर अर्थमन्त्रालय भित्रिएका छन् । उनी अर्थ मन्त्रालयको विभिन्न पदमा बसेर तर मारेका व्यक्ति हुन् । उनको विगत विवादित रहेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *