अर्थको सरुवामा काँग्रेस र माओवादी बढारिए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । अर्थ मन्त्रालय अन्र्तगतको कर्मचारीहरुलाई सरुवा गर्दा पुुरानै वेथिति निम्तिएको छ । सुशासन र सम्वृद्धि भन्ने नाराको रटान लगाउने केपी ओली नेतृत्वका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले गरेका सरुवालाई बे–वास्ता गरी एमाले प्रति आस्थावान कठपुतली सहसचिवहरुलाई आकर्षक र शक्तिशाली विभागमा भित्रयाएका छन् । गत श्रावण ३१ गतेको मन्त्रिपरिषद बैठकले एकैपटक ५९ जना सहसचिवहरुको सरुवा गरेको थियो । अर्थमन्त्रालयले गरेको आन्तरिक सरुवामा माओवादी नेतृत्वको सरकारका बेला सरुवा भएका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा हनुमान सहसचिवलाई पठाईको समाचार श्रोतले बताएको छ । माओवादी नेतृत्वको सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशनमा सहसचिव चक्रबहादुर बुढा, भन्सार विभागमा ढुण्डि निरौला, र आन्तरिक राजश्व विभागमा शिवलाल तिवारीलाई हटाई भन्सार विभागमा हरिशरण पुडासैनी र आन्तरिक राजश्व विभागमा रामप्रसाद आचार्यलाई पढाएका छन् ।

आन्तरिक राजश्व विभागमा सहसचिव मदन दाहाल र भन्सार विभागमा दिर्घाराज मैनालीको महानिर्देशक बन्ने व्यापक चर्चा चलेको थियो । दाहाल र मैनाली ५८ वर्षे उमेर हदका कारण सचिवको लाईनमा नरहेको समाचार श्रोतले बताएको छ । दाहाल यस अघि राजश्व अनुसन्धान, वैदेशिक रोजगार र श्रम विभागको महानिर्देशक भै श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत थिए श्रावण ३१ गतेको मन्त्रिपरिषदको सरुवा निर्णयबाट अर्थ मन्त्रालय भित्रिएका थिए । आएको डीजी नबने पनि दाहाललाई मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । भने राजश्व अनुसन्धान र आन्तरिक राजश्व विभागको महा निर्देशक भै सकेका मैनालीलाई मन्त्रालयमै व्यवस्थापन गरिएको छ । काँग्रेसको लेबल लागेका सह सचिव र माओवादीका सहसचिवहरुलाई बाई गरिएको समाचार श्रोतले बताएको छ ।

मन्त्रालय मातहतका कूल २५ जना महासचिवहरु मध्ये १५ जनाको सरुवा भएको र बाँकी १० जनाको निकट भविष्यमै सरुवा गरिने जानकारहरुले बताएका छन् । हाल मन्त्रालयबाट सहसचिवहरु शिवालाल तिवारी ढुण्डी निरौला, रामकुमार महतो नारद राना, टोकराज पाण्डे र नारायण सापकोटा ‘आउट’ भएका छन् भने आठ जना नयाँ सहसचिवहरुको इन्ट्री भएको छ । मन्त्रालयम आफ्नो कोर टिम बनाएको मन्त्री पौडेलले राजश्व असुली गर्न सक्छन् कि सक्दैनन त्यो हेर्न बाँकी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *