ज्योतिष शास्त्रप्रति सरकार सहयोगी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ज्योतिष विज्ञान सम्पूर्ण मानव समुदायलाई चाहिने विद्या रहेको धारणा राखेका छन् । उनले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै ज्योतिष शास्त्रप्रति सरकार सहयोगी हुने बताएका छन ।
नेपाल ज्योतिष परिषदको छैटौं महाधिवेशनको बुधवार काठमाडौस्थित नेपाल सांस्कृतिक संघ, डिल्लीबजारमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । हामी नेपाली जो कोही पनी धार्मिक आस्थावान छौ ती सवैको विचार ज्योतिष शास्त्रले निर्धारण गरेको हुन्छ भन्दै उनले भने राजनीति गर्नेहरु त झन ज्योतिष कहाँ पुगेकै हुन्छन् उनले भने । आज नास्तिक हुँ भन्नेहरुले समेत ज्योतिष कहाँ गएर भाग्यको फैसला गर्न थालेको देखिन्छ उनले व्यंगात्मक ढंगमा भने ।
नेपाल ज्योतिष परिषदको महाधिवेशनका लागि ७७ जिल्ला बाट पाँच सय ५० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य तथा सचिवालय सदस्य खिलनाथ काप्mलेले जनाएका छन् । उनले भने विगत २५ वर्षदेखि सहमतिबाट नेतृत्व हुँदै आएकोमा यसपालि भने चुनावद्वारा नेतृत्व छनौट गरिने भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *