घटस्थापना अघि होला त सडक मर्मत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंं/ अबको ठीक पाँच दिनपछि अर्थात् असोज १७ गते दशैंको घटस्थापना परेको छ । घटस्थापनाअघि नै नागढुङ्गा मुग्लिन सडक मर्मत गरी सक्ने सहमति तीनवटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सर्वपक्षीय सहमति भएको भए पनि समस्या समाधान गरी निर्माणलाई गति दिन र कार्यान्वयन हुनेमा आज असोज ११ गतेसम्म कुनै सुरसार छैन । यसका कारण दशैंमा घर जाने यात्रुहरुले सास्ती बेहोर्नुको विकल्प देखिँदैन । नागढुंगादेखि मुग्लिन र नारायणगढ बुटवल सडक जतिसुकै जादुको छडी चलाए पनि खाल्डाखुल्डी पुर्न नै कम्तीमा एक महिना लाग्ने जानकारहरुले बताएका छन् ।
नेता र निर्माण व्यवसायीहरु बसेर गरेको सहमतिले २० को १९ भने हुने अवस्था छ । सहज रुपमा गाडी चल्न सकस नै देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक रामहरी पोख्रेलको खाल्डाखुल्डीरहित सडक बनाउने दशैं अगाडिको सोंच काठमाडौं उपत्यकामा पूरा भए पनि उपत्यका बाहिर पुरा नहुने समाचार श्रोतले बताएको छ ।
काम गरेको पैसाको भुक्तानी नपाएका निर्माण व्यवसायीहरु र नहिँड्ने गोरुको पुच्छर निमोठ्नु उस्तै हो कुनै अर्थ छैन भनी टीकाटिप्पणी शुरु भएको छ । घटस्थापनाअघि सडक मर्मत गरिसक्नुपर्ने सहमतिलाई जनताको आँखामा छारो हाल्न खोजिएको भनी चर्चा चलेको छ । विकासप्रेमी मन्त्री, सचिव र डीजी भए पनि अरु विनासप्रेमी भए पनि घटस्थापना अगाडि सडक मर्मत र खाल्डाखुल्डीरहित सडक सम्झने पानी छर्कने भन्दै व्यङ्गय गर्न थालिएको छ । उपत्यकाकै भित्री सडकहरुको अवस्था कहालीलाग्दो छ । न्यूरोड र पुतलीसडकलाई हेरेरमात्र सडक खाल्डाखुल्डीरहित नबने स्पष्ट छ । दशै अघि ३,८५६ कि.मि. सडक खाल्डाखुल्डी पुर्ने लक्ष्य भए पनि पूरा हुनेमा आशंका पैदा भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *