सुनसरीमा चौधरीको पहलमा विपन्नलाई घर

Nayabimarsha (Weekly Newspaper from Nepal)

सुनसरी/ सुनसरी जिल्लाको पालिकाहरुमा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडि बढाइको छ ।
सुनसरी निर्वाचन क्षेत्र नं.३ की सांसद भगवती चौधरीको सक्रियतामा सो क्षेत्रका गरिब, विपन्न, र भूमिहीन नागरिकका हकमा निःशुल्क घर बनाइन लागिएको समाचार स्रोतले जनाएको छ । चुची (त्शग ऋजष्) फाउण्डेशनले सो क्षेत्रका गरिब, विपन्न नागरिकका लागि निःशुल्क घर बनाइदिने प्रस्ताव ल्याएकोमा गढी, बर्जु, इनरुवा नगरपालिकाले सैद्धान्तिक सहमति प्रदान गरेपछि कार्य अघि बढेको हो ।
मन्त्री चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदै गर्दा फाउण्डेशनले देशका विभिन्न क्षेत्रमा रहेका गरिब, विपन्नहरुलाई सुरक्षित आवास निर्माणको परियोजना ल्याएको बताइएको छ । सो क्रममा सुनसरी जिल्लाकै अति पिछडिएको क्षेत्रका रुपमा रहेको बर्जु र गढी गाउँपालिकामा पनि सुरक्षित आवास परियोजना सञ्चालन गर्ने प्रस्ताव अनुरुप सुनसरी ३ नं. क्षेत्रभर एक सय घर निर्माणको सम्झौता भएको थियो ।
पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर तथा इनरुवा नगरपालिकाको वडा नं. ७ चाँदबेलामा ३० घर निर्माण गरिने छ । सांसद चौधरीले आफ्नो चुनाबी वाचा अनुसार क्षेत्रको विकासमा गम्भीरतापूर्वक लागेको भन्न थालिएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहेकी चौधरीले जनताका सुख दुखःमा आपूm हरदम रहने बताउँदै जनताका आधारभूत आवश्यक्ताहरु पूरा गर्न आफ्नो प्रयासमा सो कार्य हुन गैरहेको बताएकी छिन् ।
एक वर्षभित्र सुनसरी क्षेत्र नं. ३ का एक सय घर परिवारलाई सुरक्षित आवास निर्माण गर्ने यो परियोजना गढी, बर्जु, इनरुवा ७, इटहरी उमनपाको सुकुम्बासी क्षेत्र र दुहवी नगरपालिका अन्तरगतका सुकुम्बासी बस्तीमा सञ्चालन हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *