मेलम्चीको पानी ल्याउँदा सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै सम्मान गरिएको छ ।

मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हालेपश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरिएको हो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यकाबासीका लागि बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आपूm पूर्णप्रतिबद्ध रहेका बताए । मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको बताए । उनले मानिसलाई पानी नभई नहुँने चिज हो, पानी बिना बाच्न सकिँदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कदम चाल्ने जानकारी पनि दिए ।

काठमाडौँ उपत्यकामा हेलम्बुवासी, नागरिक समाज एवं जनप्रतिनिधिहरुको साथ र सहयोगका कारण यस वर्ष समयमै मेलम्चीको पानी ल्याउन सफल भएको उनले बताए । इतिहासमै पहिलो पटक वर्षायामपछि समयमै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफ्नो प्रयास सफल भएको बताउँदै मन्त्री यादवले काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले गरेको सम्मानले आपूmलाई गर्व र थप काम गर्न प्रेरणा प्रदान गरेको बताए ।

सोही कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुनिल के.सी.ले यस वर्ष समयमै मेलम्ची लगायतका क्षेत्रबाट पानी ल्याएर नागरिकलाई सुविधा दिइएकोमा मन्त्री यादवको खुलेरै प्रसंशा गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *