‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ युगकवि सिद्धिचरण श्रेष्ठका कालजयी रचनाहरुको समिक्षा गरिएको पुस्तक बजारमा आएको छ । ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ नामक पुस्तक बजारमा आएको हो ।
साहित्यकार, समिक्षक तथा समालोचक स्वयम्भु शाक्यद्वारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाले मन्तव्य राखेका थिए । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा.फणिन्द्रराज निरौलाले प्रकाश पारेका थिए । डा निरौलाले पुस्तकमाथी टिप्पणी गर्दै ‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरु अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो ।’ भने ।
त्यसैगरी पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाव्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपूर्ण दस्तावेज भएको बताए । लेखक शाक्यले दुई बर्षको तयारीपछि पुस्तक बजारमा आएको जानकारी दिए ।
६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भीमसेन थापा शीर्षकको खण्डकाव्यका बारेमा अध्ययन गरी लेखिएको पुस्तक ५४० पृष्ठको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *