काठमाडौं/ राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को अध्यक्षमा प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् । यसअघि पनि उनी नै अध्यक्षका रुपमा रहेका थिए ।
शनिबार भएको २७औं साधारणसभा तथा १३औं अधिवेशनले उनी लगायतको कार्यसमितिको चयन गरेको हो । राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रहेका वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठलाई चयन गरिएको छ । यसैगरी महिला उपाध्यक्षमा चन्द्रकला क्षत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रवीन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका जनाइएको छ ।
यस्तै, केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिशसिंह नगाल, दीपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेतलाई चयन गरिएको छ । वि.स. २०५३ मा स्थापित सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन मानिन्छ ।
कार्यक्रममा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान फोटो पत्रकार गणेश विष्टलाई प्रदान गरिएको थियो । यसैगरी साहसिक फोटो पत्रकारिता सम्मान सुजन बज्राचार्य, ‘पर्या–पर्यटन फोटोपत्रकारिता सम्मान’ प्रवीन श्रेष्ठ, मनोरञ्जन फोटोपत्रकारिता सम्मान लेखबहादुर श्रेष्ठ र खेलकुद फोटो पत्रकारिता सम्मान सरोज नेपाललाई प्रदान गरिएको थियो ।
फोटो पत्रकार समूहमा वन्त
Facebook Comments Box