भातृसंस्थाको तयारीमा कांग्रेस

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l नेपाली कांग्रेसले १० भ्रातृ संस्थामा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । यसका लागि कांग्रेसले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारी गरेको समाचार स्रोतले जानकारी गराएको छ ।

नेपाल विद्यार्थी संघ (नेवि संघ), नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ ती संस्थाहरुमा नयाँ नेतृत्वको तयारी थालिएको समाचार स्रोतले जानकारी दिएको छ । तरुण दलमा ४५ वर्ष र नेवि संघमा ३२ वर्षे उमेर हदको व्यवस्था गरिएकाले सोही अनुसारको नयाँ कार्यसमिति गठन गर्ने तयारी गरिएको बताइएको छ ।

तरुण दलको नयाँ नेतृत्वका लागि वर्तमान कोषाध्यक्ष विद्धान गुरुङ र नेवि संघका पूर्वकेन्द्रीय सदस्य लाओस राईले इच्छा देखाएको बताइएको छ । स्वर्गीय खुमबहादुर खड्का निकट मानिएका गुरुङ हाल गृहमन्त्री बालकृष्ण खाणसँग नजिक रहेको बताइन्छ । उनको गृह जिल्ला पर्वत हो । उनी समाजसेवामा पनि सक्रिय रहेका बताइएको छ । यसैगरी राई शेखर कोइराला र रामचन्द्र पौडेल निकटका मानिन्छन् । पुख्र्यौली थलो खोटाङ रहेका राई पूर्व राष्ट्रपति डा.रामवरण यादवसँग पनि राम्रो सम्बन्ध भएका व्यक्ति हुन् । यसैगरी उनी पाटन संयुक्त क्याम्पसमा स्ववियु सभापति समेत भइसकेका व्यक्ति हुन् । लेखन कर्ममा पनि सक्रिय राईलाई जिम्मेदारी दिइएमा उनले संस्थालाई राम्ररी संचालन गर्न सक्ने भनी चर्चा चलेको छ ।

उता, उत्तम चापागाइँ र लक्ष्मी खतिवडाले यस पटक पनि नेतृत्वमा आउने इच्छा देखाएका छन् । यस पटक उमेर हदका कारण पनि कतिपयले चाहेर पनि नेतृत्वमा आउन नपाइने अवस्था रहेको भनी चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *