काठमाडौँ/ नेपाली कांग्रेसका नेता शेखर कोइराला हिजो बेलायततर्फ लागेका छन् । बेलायतको संसद्मा हुने एक विशेष कार्यक्रमलाई सोमबार सम्बोधन गर्न उनी त्यता लागेका उनको निजी सचिवालयले जनाएको छ ।
उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने बताइएको छ । कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा त्यसतर्फ लागेका हुन् ।
कांग्रेसको आगामी महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा कोइराला रहेका छन् । यस्तो बेलामा उनले बेलायतको संसदमा कस्तो भाषण राख्लान् भनी विश्वभरीका कांग्रेसजनले चासोका साथ हेरेको अवस्था छ । उनी बेलायतमा रहँदा त्यहाँ क्रियाशील कांग्रेस नेता कार्यकर्तासँग भेटघाटमा रहने बताइएको छ ।
कोइरालाको सम्बोधन बेलायतमा
Facebook Comments Box